समाचार

उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता

By खबरहब

April 08, 2024

काठमाडौं– भक्तपुरको मध्यपुर थिमिस्थित प्राचीन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । 

सोमबार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको संयोजनमा धिमे बाजा प्रतियोगिता आयोजना गरिएको आयोजक समितिको संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिए ।

सांस्कृतिक मेलाबाट धिमे बाजाको मधुर धुनले मध्यपुर थिमीको ऐतिहासिकताको झल्को दिएको आयोजकको विश्वास छ । त्यस्तै सांस्कृतिक मेलामा मध्यपुरको रैथाने उत्पादनहरू तथा मौलिक खानेकुराको बिभिन्न स्टलहरू राखिएको प्रजापतिले जानकारी दिए । 

भक्तपुरमा ऐतिहासिक बिस्केट जात्राको पूर्वसन्ध्यामा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो । बिस्केट जात्रा भने मंगलबारबाट सुरु हुँदै छ ।