राजनीति

सभामुखले छलफलका लागि बोलाएको बैठक निष्कर्षविहीन

By खबरहब

April 08, 2024

काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसहित छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडान कायमै राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद् नै अवरुद्ध गर्ने चेतावनी दिएको छ।