समाचार

प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई

By खबरहब

April 08, 2024

काठमाडौं– कोशी प्रदेशबाट एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने बताएको छ ।

समाजवादीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ ।

संसदीय दलका नेता राजेन्द्र कुमार राईले सरकारमा अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने भन्दै अहिले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताए

उनले खबरहबलाई भने, ‘सरकारलाई दिएको समर्थन तत्काल फिर्ता हुँदैन । सत्ताको लागि उथलपुथल, सबै लथालिङ्ग भयो , प्रदेशको सरकार बनाउन गाह्रो छ । सरकार अस्थिर भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडी बढ्दैन ।’