समाचार

नाउपा सुदूरपश्चिम सांसद् इन्दिरा गिरी पदमुक्त

By खबरहब

April 08, 2024

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम सांसद् इन्दिरा गिरी पदमुक्त भएकी छन् । 

सभामुख भीम भण्डारीले सोमबार सूचना जारी गर्दै नाउपा सांसद् इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका छन् । 

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि उनको पद गएको हो ।