राजनीति

नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिनेछन् : राजेन्द्र महतो

By खबरहब

April 08, 2024

काठमाडौं– पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा गर्दै उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने समेत दाबी गरे । 

नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताउँदै नेता महतोले भने, ‘क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइरहेको छ । नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन अब गए । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् । ‘

महतोले प्रचण्डदेखि केपी ओलीसम्मले पहिचानमाथि पटक–पटक आक्रमण  गरेको बताए ।

भने, ‘ यिनीहरूको पतन हुन्छ । आयातित विदेशी विचारबाट शासन चल्दैन ।’