समाचार

कांग्रेसलाई परियारको प्रश्न : भावनामा जोडेर कसैलाई कारबाही गर्न मिल्छ ?

By खबरहब

April 08, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले कुटिल चाल चालेको बताएका छन् । उनले सांसदलाई मुठभेडको स्थितिमा पुर्‍याउन नहुने समेत बताए । सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । 

उनले भने, ‘बैठक सहमति नजिक पनि पुगेन। कांग्रेस संसदीय छानबिन समितिको मागमै अडिएको छ। एक खालको बालहठजस्तो भयो। कांग्रेसको यो कुटिल चाल हो। हामी त्यो कदापि हुन दिँदैनौँ ।’ 

प्रमुख सचेतक परियारले भावनामा जोडेर कसैलाई अपराधी बनाउन नमिल्ने भन्दै कांग्रेसलाई प्रश्न गरे, ‘भावनामा जोडेर कसैलाई कारबाही गर्न मिल्छ? कांग्रेस आफैँ हिजो सरकारमा थियो। त्यतिबेला किन समिति बनाएन ?’