समाचार

ललितपुरमा एक्लो घोडा दौडाएर मनाइयो घोडे जात्रा

By खबरहब

April 08, 2024

काठमाडौं– ललितपुरमा एक्लो घोडा दौडाएर सोमबार घोडे जात्रा मनाइएको छ ।

ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईँदै आएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ ।

भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ ।

त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ ।

नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिई बिदावारी गरेपछि ललितपुरको एकल घोडेजात्रा सम्पन्न हुन्छ ।