फोटो फिचर

बिस्का विशेष सांस्कृतिक कार्यक्रम (तस्बिरहरु)

By खबरहब

April 08, 2024

काठमाडौँ– आज भक्तपुरको तौमढीमा आज बिस्का विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ। कार्यक्रमको आयोजना श्री नास है: मा बाजा खल: ले गरेको हो।

कार्यक्रममा बिस्का संस्कृति झल्किने खालका विभिन्न नृत्यहरू देखाइएको थियो ।

जात्रा भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ। 

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमीमा तीन दिन मनाइन्छ।