राजनीति

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

By खबरहब

May 08, 2024

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् ।

पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।’

 ‘दुई चार जना भेला पारेर पार्टी फुटाए भन्नेले समर्थन पाइदैन । कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाए । व्यक्तिगत स्वार्थले पार्टी विभाजन गरे । पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुमले हाम्रो यात्रा कायम उनले भने ‘

यस्तै हिजो प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको समेत जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री मेरो पार्टी विभाजन बारे सामान्य कुराकानी भयो । अरु कुनै कुरा भएन ।’

जसपा नेपालको पत्रकार सम्मेलन सुरु