साहित्य

कविता : आमा

By खबरहब

May 08, 2024

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

मेरो हिँडाइको पहिलो पाइला तिमी मेरो लड्खडाईको पहिलो सहारा तिमी

मेरो उभ्याईको पहिलो दर्शक तिमी मेरो विद्याको पहिलो गुरु तिमी

मेरो सफलताको पहिलो खुसी तिमी मेरो असफलताको पहिलो आँसु तिमी

मेरा गल्तीहरूको पहिलो क्षमा तिमी मेरो प्रेरणाको पहिलो स्रोत तिमी

मेरो जीवनको पहिलो सत्रधार तिमी मेरो भविष्यको पहिलो आधार तिमी

जति लेखे पनि शब्दहरू कम हुन्छन् आमा जिन्दगीको पहिलो गुरु हौ आमा तिमी हरएक भगवानको रूप हौ आमा तिमी

जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन् तर खास लाग्ने भनेको मात्र तिमी हौ आमा सधैँ खुशी र सुखी हुनु