राजनीति

वर्तमान सरकार अहिलेजस्तै निरन्तर अगाडि बढ्छ : अध्यक्ष नेपाल

By खबरहब

May 08, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडी बढ्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन् । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए ।

रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रूपमा सबल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै उनले नारायणहिटीलाई इतिहासलाई झल्काउने गरी संग्रहालयको रूपमा थप बिकासित गर्नुपर्ने र त्यहाँ रहेका सरकारलाई कार्यालयलाई हटाउनुपर्ने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे ।