फाइल फोटो

समाचार

आज यी स्थानमा विद्युत अवरुद्ध हुने

By खबरहब

June 08, 2024

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जनाएको हो ।

आज बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालयलगायत स्थानमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

यस्तै, प्राधिकरणले जेठ २८ गते कालिकास्थान फिडर, जेठ ३० गेत भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र असार ३ गते सामाखुसी फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।