अन्तर्राष्ट्रिय

बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा

By खबरहब

June 08, 2024

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

आइतबार साँझ आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हसिना दिल्ली पुगेकी हुन् । हसिनाको टोलीलाई नयाँ दिल्ली विमानस्थलमा सचिव मुक्तेश परदेशीले स्वागत गरेका थिए ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी र हिन्द महासागर क्षेत्रका सात देशका नेताहरू समारोहमा भाग लिनेछन्। मोदीले भ्रमणमा रहेका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ । 

सपथ ग्रहण समारोहमा सहभागी नेताहरूले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको भोजमा सहभागी हुने बताइएको छ । शपथ ग्रहण समारोह आइतबार साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा हुनेछ ।

मोदीले आइतबार शपथ लिने, छिमेकी देशका नेताहरू पनि सहभागी हुने