फोटो फिचर

भक्तपुरको वः फेस्टिभल (तस्वीरहरु)

By खबरहब

June 08, 2024

काठमाडौं– भक्तपुरमा ‘वः फेस्टिभल’ अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा गरिएको वस् फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो-२०२४ मा  उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समुह लगायतका स्टल थिए । 

मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७  नगदेशको प्रांगणमा मेलाको उद्घाटन गर्दै मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले यस मेलाले मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवर्द्धन गर्ने बताए । 

यस्तै मेला अवलोकन पश्चात प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का उपाध्यक्ष सुमन पाण्डेले बन्दीपुरको पर्यटनको मोडलमा मध्यपुर थिमीको पर्यटनको विकास गर्नुपर्ने बताए ।  मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिएको थियो।