खेलकुद

टी–२० विश्वकप : नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई दियो १०४ रनको लक्ष्य

By खबरहब

June 08, 2024

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १०४ रनको लक्ष्य दिएको छ ।

न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनायो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए । ४५ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले दुई/दुई विकेट लिए ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ–आफ्ना पहिलो खेलमा जित हासिल गरेर २–२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो ।