देश/प्रदेश

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

By खबरहब

June 08, 2024

तुलसीपुर – राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा आज बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताउनुभयो । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।