ब्रेकिङ स्टोरी

 अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

By खबरहब

July 08, 2024

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने बताइएको छ ।

यस्तै, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थसमितिको बैठक कक्षमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।