अन्तर्राष्ट्रिय

भारतमा टीएनटीभन्दा खतरनाक विष्फोटक पदार्थको विकास

By खबरहब

July 08, 2024

काठमाडौँ– भारतमा नयाँ किसिमको विष्फोटक पदार्थको विकास गरिएको छ ।

सोलर इण्डस्ट्रिजले भारतीय नौसेनाका लागि सेबेक्स–२ नामक विष्फोटकको उत्पादन गरेको हो । नौसेनाले उक्त विष्फोटक पदार्थको प्रमाणीकरण गरेको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नागपुरमा रहेको इकोनोमिक एक्सप्लोसिभ लिमिटेडले विकास गरेको सेबेक्स २ को विष्फोटक क्षमता हालसम्म उपलब्ध ठोस विष्फोटकमध्ये उच्च छ ।

यो पदार्थको विष्फोटक क्षमता टीएनटीभन्दा दुई गुणा बढी रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ ।

यो पदार्थले नौसैनिक हतियारको मारक क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । त्यसबाहेक भारतमै उत्पादन हुने यस पदार्थबाट भारतीय नौसेना विष्फोटक पदार्थका लागि आत्मनिर्भर हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।