अन्तर्राष्ट्रिय

फ्रान्सका वाम नेताको घोषणा- सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन्छौँ

By खबरहब

July 08, 2024

एजेन्सी- फ्रान्समा चुनावी परिणामसँगै राजनीतिक हलचल तीव्र भएको छ । वामपन्थीहरूले यो निर्वाचनमा पहिलो नम्बरमा पकड बनाउन सफल भएपछि हलचल बढेको हो

वाम दलहरूले सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जिन ल्युक मेलेन्सोनले आफ्नो गठबन्ध प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारीमा रहेको बताएका हुन् ।

पछिल्लो समय युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् ।

आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यू पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ । अब आगामी सरकारको उसको मूख्य भूमिका हुने निश्चित भएको छ ।

मेलेन्सोले अघिल्लो प्रधानमन्त्री पनि न्यू पपुलर फ्रन्टबाटै हुने पनि बताएका छन् ।

एक साताअघि भएको प्रथम चरणको चुनावमा धुर दक्षिणपन्थी पार्टी नेशनल र्‍याली बहुमततर्फ बढिरहेको थियो। तर यही आइतबार भएको दोस्रो चरणको चुनावमा उक्त दल तेस्रो स्थानमा खुम्चिएको छ ।

राष्ट्रपति म्याक्रोनको मध्यमार्गी गठबन्धन दोस्रो स्थानमा सीमित भएको छ ।

फ्रान्सको संसदीय चुनावको रुझान आएपछि राजधानी पेरिसका केही स्थानमा हिंसा भएको छ । अर्कातिर वामपन्थी समर्थकहरू ठूलो संख्यामा सडकमा उत्रिएर आइतबार रातिदेखि नै पेरिसको सडकमा विजय जुलुस निकालिहरेका छन् ।

Nous aurons un ou une Premier ministre du Nouveau Front Populaire.

Nous pourrons décider de nombreuses choses par décrets.

Sur le plan international, il faudra s’entendre pour reconnaître l’État de Palestine.#VictoireNFP pic.twitter.com/XYkzTk0zS4

— Jean-Luc Mélenchon (@JLMelenchon) July 7, 2024