समाचार

कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी

By खबरहब

July 08, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तिले कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तिले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अव बन्ने सरकारले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका हुन् । 

राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्ने भनिएतापनि संविधान भन्दा पनि दलका नेताहरूको प्रवृत्तिमा सुधार गर्नुपर्ने उनले बताए । सांसद घर्तिले राजनीतिक परिर्वतनसंगै चिन्तनमा रहेको सामन्ती संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे । उनले संविधान संशोधनका नाममा यसको मूल मर्मलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिए ।

संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरूको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उनले बताए ।