आर्थिक

झिनो अंकले घट्यो नेप्से, १४१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट

By खबरहब

July 08, 2024

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो ।

सोमबार नेप्सेमा भएको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

त्यस्तै सोमबार १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा रह्यो ।

आज नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो ।

जसमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।