मनोरञ्जन

प्रभाषको ‘कलकी २८९८ एडी’ले पूरा गर्‍यो ५०० करोडको आकंडा 

By खबरहब

July 08, 2024

काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन । 

फिल्मले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो । 

छोटो समयमा  ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । 

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । 

‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस फिल्मका लेखक र निर्देशक नाग आश्विन हुन् ।