अन्तर्राष्ट्रिय

पाकिस्तानमा चोरी आरोपमा आँखा फुटाइदिए

By खबरहब

July 08, 2024

काठमाडौँ– पाकिस्तानमा चोरी गरेको आरोप लागेका एकजनालाई यातना दिएर आँखा झिकिएको घटना बाहिरिएको छ ।

पाकिस्तानको भावलपुरमा गधाले तान्ने गाडा चोरी गरेको आरोपमा ५ जनाको समूहले सुफियानको आँखा झिकेका हुन् ।

एकजना प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार यातनाका कारण सुफियानको एउटा आँखाको दृष्टि पूर्ण रुपमा गुमेको छ भने अर्को आँखामा गम्भीर चोट लागेको छ ।

त्यसबाहेक उनको शरीरका अन्य भागमा पनि चोटपटक लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई बहवल भिक्टोरिया अस्पतालको आपतकालीन वार्डमा भर्ना गरिएको छ । उक्त घटनामा संलग्न ५ मध्ये १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।