मनोरञ्जन

प्रेस काउन्सिलको निर्देशनपछि हट्यो विवादित क्लिप

By खबरहब

July 08, 2024

काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने एक कार्यक्रमको विवादित क्लिप प्रेस काउन्सिलको निर्देशनमा हटाइएको छ ।

दुई साताअघि प्रसारित उक्त कार्यक्रममा सहभागी अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले अर्की अभिनेत्री जसिता गुरुङको बारेमा बोलेको कुरा विवादित बनेको थियो ।

प्रेस काउन्सिलले विवादास्पद सामाग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएपछि विवादित क्लिप हटाइएको हो ।

प्रेस काउन्सिलले उक्त कार्यक्रम सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टेलिभिजनले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोतासहितलाई कार्यालयमै बोलाएर बयान लिएको थियो ।

यो प्रकरण काउन्सिलमा विचाराधिन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन ।

याे पनि…

स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ?