देश/प्रदेश

जयपृथ्वी राजमार्ग सञ्चालन

By खबरहब

July 08, 2024

बैतडी – पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो ।

बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

हिजो राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।