तस्बिर रोयटर्स

खेलकुद

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

By खबरहब

July 08, 2024

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको छ । यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी छ । चारैतिर (हवाई, जमिन र समुद्र)बाट लगातार हवाई हमला र बमबारी, हत्या, घाइते र हजारौँविरुद्ध नरसंहार जारी राखेको छ ।