खेलकुद

पेरिस ओलम्पिक: एथलेटिक्सको सफलताले अघि बढेको अमेरिका

By मनोज घिमिरे

August 08, 2024

एथलेटिक्समा पुरुष चार सय मिटर दौडमा उपाधिको होड सधैँ खुला मानिएको छ। विगतको इतिहासलाई आधार मान्ने हो भने विजेता अनुमान गर्न पनि कठिन इभेन्ट मानिन्थ्यो। यस पटकको पेरिस ओलम्पिकको अवस्था भने फरक थियो।

अमेरिकाका क्विन्सी हल सुरुवातदेखि नै दाबेदारको रूपमा प्रस्तुत भएका थिए। पेरिसको स्टेड द फ्रान्सको रङ्गशालामा ८० हजार दर्शकका सामु भएको रेसमा केही मिटर बाँकी रहँदासम्म तीनै हल छैटौँ स्थानमा थिए। अन्तिम समयमा गति बढाएर उनले आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पारे। अन्तिम समयमा उनले बेलायतका हडसन स्मिथलाई पछि पारे। सो स्पर्धामा जाम्बियाका मुजला समुकोङगाले कास्य पदक जिते।

लीथुवानियाका माइकुला अकेन्सका लागि भने यो ओलम्पिक सुखद बन्न सकेन। विश्व कीर्तिमान धारी उनी बुधबार डिसकस थ्रोमा आफ्नै बाबु भर्किलिजुस अकेन्सले सन् २००४ को ओलम्पिकमा राखेको कीर्तिमान भङ्ग गर्न पनि सफल भए। यसका बाबजुद उनले स्वर्ण पदक जितेनन्। उनलाई जमैकाका रोजा स्टोनासले पराजित गरे। गत वर्ष भएको विश्व च्याम्पियनसिपमा १९ औं भएका तथा विश्व वरीयता क्रममा ११ औं स्थानमा रहेका उनले सो परिवारको खुसी र बन्नै लागेको ठुलो इतिहासमा अस्वाभाविक प्रदर्शन गर्दै तुहाएका थिए। पोल भोल्टमा अस्ट्रेलियाकी मिना केनेडीले अमेरिकी केटी मुनलाई पछि पारिन्। गत वर्ष बुढापेस्टमा भएको विश्व च्याम्पियनसिपमा यी दुई जनाले संयुक्त रूपमा स्वर्ण पदक जितेका थिए। सो स्पर्धामा क्यानडाकी आयष नेवाले कास्य पदक जितिन्।

मोरक्कोका साउफियन अल बकालीले तीन हजार मिटर स्टिपल चेजको अन्तिम ल्यापमा केनेथी रुक्सलाई पछि पारे। विश्व वरीयताक्रमको ४९ औं स्थानमा रहेका रुक्सले अप्रत्याशित जित पाउने सम्भावनालाई बकालीले अन्तिम दुई सय मिटरमा गति बढाएपछि अमेरिकी धावक रजत पदकमा सीमित भएका हुन् । सो स्पर्धामा केन्याका अब्रमाह बिबी ओटले कास्य पदक जिते।

यस ओलम्पिकमा संसारका दुई ठुला देश अमेरिका र चीनको प्रतिस्पर्धा नै धेरैका लागि चासोको विषय हो। धेरै खेलमा प्रभाव बढाएको अमेरिका अन्तिमसम्म प्रतिस्पर्धा मै रहने अनुमान गरिएको छ। बुधबार बिहानको सत्रमा यी दुई देशको आँकडामा केही फरक थिएन।

मिश्रित म्याराथन रेस वाकमा इस्पेनले स्वर्ण, इक्वेडरले रजत तथा अस्ट्रेलियाले कास्य पदक जिते।

बुधबार नै भएको सेलिङको महिला डिङवेमा नेदरल्यान्ड्सले स्वर्ण, डेनमार्कले रजत तथा नर्वेले कास्य पदक जिते। पुरुष डिङवेमा अस्ट्रेलियाका म्याट वेरेनले स्वर्ण, साइप्रसका पाब्लो कोन्डीयसले रजत तथा पेरुका स्टेफानो सुचेराले कास्य पदक जिते।

महिलाको स्पोर्ट क्लाइम्बिङको स्पिडमा पोल्यान्डका अलेजान्द्रा मिरोस्लाभले स्वर्ण, चीनकी डेङ लुजेनले रजत तथा पोल्यान्डका अलेजान्द्रा कालुकाले कास्य पदक जिते। भारोत्तोलनको पुरुष ६१ किलो तौल समूहमा चीनका ली फाबियनले स्वर्ण पदक जिते। यसैगरी, थाइल्यान्डका थेरोपासाङ सुराचीले रजत तथा अमेरिकी हप्टन मोरिसले कास्य पदक जिते। अमेरिकालाई अर्को महत्त्वपूर्ण धक्का दिने क्रममा स्केटबोर्डिङको पुरुष पार्कमा अस्ट्रेलियाका केगन पाल्मरले स्वर्ण पदक जिते। अमेरिकी टम स्कारले रजत तथा ब्राजिलका अगस्टियो अकावोले कास्य पदक जिते।

साइक्लिङको पुरुष टिम सर्कुटमा अस्ट्रेलियाले स्वर्ण, बेलायतले रजत तथा इटालीले कास्य पदक जिते। महिलाको टिम स्पर्धामा अमेरिकाले स्वर्ण, न्युजील्यान्डले रजत तथा बेलायतले कास्य जिते।

कुस्तीको ७७ मिलो ग्रिको रोमनमा जापानका कुसाको नाओले स्वर्ण, काजकिस्तानका डेम जादर भेमले रजत तथा किर्गिस्तानका अख्जाल मुज्दालोभ र अर्मेनियाका मिखालेस अमोयनले कास्य पदक जिते। ग्रिको रोमनको ९७ किलोमा इरानका मोहम्मद सराबीले स्वर्ण, अर्मेनियाका अर्मन अलेस्कानले रजत तथा किर्गिस्तानका उजुर पेजकोभ र क्युबाका अलेजान्द्रो गाब्रयिलले कास्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टाइलमा एक दिन अघि भारतकी भोगाट विनेससँग पराजयको बाबजुद फाइनलमा खेल्ने अवसर पाएकी क्युबाका युसेनियाल ग्जलमानलाई हराउँदै अमेरिकाकी सारहा आनले स्वर्ण पदक जितिन्। भोगाटले सेमिफाइनलमा जिते पनि बढी तौल भएका कारण फाइनल गुमाएकी थिइन्। सोही स्वर्ण पदक अमेरिकाको दिनको तेस्रो स्वर्ण पदक थियो। त्यसैले एक लिन अघिको दुई स्वर्णको अन्तरलाई पनि कायम राखेको थियो।

चीनले भने आर्टिस्टक पौडीको स्वर्ण पदक जित्यो। सो स्पर्धामा अमेरिकाले रजत तथा स्पेनले कास्य पदक जिते। यसैगरी भारोत्तोलनको महिला ४९ किलोमा झो झिउले स्वर्ण पदक जिते। रोमानियाका मिखेला भालेन्टिनाले रजत तथा थाइथाल्न्डकी सुरोदचना खुम्बुले कास्य पदक जिते।

तेक्वान्दोमा स्पर्धामा बुधबार सकिए। महिला ४९ किलोमा थाइल्यान्डकी पानीकाक वङपतनकिकले चीनकी गाओ किङलाई हराउँदै स्वर्ण पदक जितिन्। तेक्वान्दोकै ५८ किलोमा अजरबैजानका गासिम मागोगोदेमलाई हराउँदै दक्षिण कोरियाका पार्क ते जोनले स्वर्ण पदक जितेका छन्।

यस ओलम्पिकमा अझ केही रोमाञ्चक प्रतिस्पर्धा अबको केही दिनमा नै देखिने छन्। महिला हर्डल्स चार सय मिटरमा संसारका दुई उत्कृष्ट खेलाडी डच फेम्के बोल र अमेरिकाका सिड्नी म्याकगाउलेन आपसमा भिड्ने छन्। पुरुषको सोही स्पर्धामा विश्व कीर्तिमान धारी नर्वेका कार्सटन ओभरहोल्म चोटबाट फिर्ता भइसकेका छन्। विश्व च्याम्पियन ब्राजिलका अलेजान्द्रो सान्टोस र अमेरिकाका बेन्जामिन राइको भिडन्त साँच्चै रोचक हुनेछ।

स्रोत : ओलम्पिक, सिएनएन