खेलकुद

एभरेष्ट महिला फ्रेन्चाइज लिगको लागि टोली घोषणा

By खबरहब

August 08, 2024

काठमाडौं– एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ । 

आयोजक इन्फिनिटी ड्रीम्स प्रालिले बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रतिस्पर्धी ६ टोली र प्रवद्र्धकहरुको घोषणा गरिएको हो । जसअनुसार लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले खेल्नेछन् ।

हरेक टोलीले १४ खेलाडीमा‌ ९ नेपाली र ३ विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सले जनाएको छ । नेपाली‌ खेलाडीको‌ ड्राफ्ट सूची र प्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

 यसअघि एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच सम्झौता भएको थियो ।