मनोरञ्जन

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ !

By खबरहब

August 08, 2024

काठमाडौं–  महानायकको छवि बनाएका राजेश हमाल ८ वर्षपछि फिल्म ‘नरसिंहा : अवतार’बाट ठूलो पर्दामा फर्किने भएका छन् । केही दिनअघि निर्माण पक्षले हमाल फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।

निर्माण पक्षले हमालसँग कागजी सम्झौता गरे पनि फिल्मको नाम सार्वजनिक गरेको थिएन । थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको नाम सार्वजनिक गरिएको हो । 

निर्देशक दिवाकर भट्टराईले फिल्म एक्सन जनरामा बन्ने यसअघि नै खुलाएका थिए । साथै, यो फिल्मबाट हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ । 

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यस फिल्म कथाबारे केही जानकारी गराइएको छैन । फिल्मका अन्य कलाकार र निर्माताबारे अहिलेसम्म खुलाइएको छैन ।