युरोप

मोदीले युक्रेन भ्रमण गर्ने अपेक्षा छ : युक्रेनी उपमन्त्री

By खबरहब

August 08, 2024

काठमाडौं – युक्रेनकी सँस्कृति तथा सूचना मामिला उपमन्त्री अनास्तासिया बोन्दारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै आफ्नो मुलुक भ्रमण गर्ने अपेक्षा गरेको बताएकी छिन् ।

भारत भ्रमणका क्रममा भारतीय टेलिभिजन डब्लूआईओएनसँग कुराकानी गर्दै उनले मोदीको युक्रेन भ्रमण चाँडै हुने आफ्नो अपेक्षा रहेको बताएकी हुन् ।

युक्रेनमा अहिले के भइरहेको छ भन्ने वास्तविक अवस्था हेर्नका लागि पनि मोदीले युक्रेनको भ्रमण गर्नुपर्ने आफ्नो व्यक्तिगत अपेक्षा रहेको उनको भनाइ छ । हाल युक्रेन रुससँग युद्ध लडिरहेको छ ।

उनले भारत र आफ्नो मुलुकबीच साँस्कृति संवादमा पनि जोड दिइन् । उनले आफूलाई योग, बलिउड र ‘जिम्मी जिम्मी, आजा आजा’ बोलको गीत पनि मन पर्ने उल्लेख गरेकी छिन् ।