आर्थिक

भगवती हाइड्रोले १४ प्रतिशत बोनस दिने 

By खबरहब

September 08, 2024

काठमाडौं– भगवती हाइड्रोपावरले १४ प्रतिशत लाभांश (बोनस) दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको १०.७३६८ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार ६८४ रुपैयाँ कर सहित नगद बोनस दिने भएको छ ।

कम्पनीका सचिव अर्जुन बहादुर खवासका अनुसार गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँ बराबरको शेयर बोनस दिने भएको छ ।

उक्त बोनस कम्पनीको आगामी साउन १६ गते बस्ने साधारण सभाले पारित गरेपछि शेयर धनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

सभा आगामी साउन १६ गते नयाँ बानेश्वर काठमाडौंमा बस्ने भएको छ ।