आर्थिक

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

By खबरहब

October 08, 2024

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुने कम्पनी सचिव विष्णु प्रसाद बासकोटाले जानकारी दिए । 

अघिल्लो वर्षको बैंकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।