समाचार

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 

By खबरहब

October 08, 2024

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ । 

गैरआवासीय सङ्घ केन्द्रको आह्वान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।

 स्थानीय तहसँग समन्वय गरेर वडा नम्बर– १ मा १२३, वडा– २ मा ५३ , वडा– ३ मा २५ र वडा–१२ मा दुईसय परिवारलाई राहत वितरण गरिएको हो । 

सङ्घले बाढी प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको थियो । सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा उक्त राहत वितरण भएको थियो ।