फोटो फिचर

दशैँमा घर जाने हतारो (तस्बिरहरु)

By खबरहब

October 08, 2024

काठमाडौं– दशैंको माहोल चलिरहँदा विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किनेहरू हतारोमा छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ ।

विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्कनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलङ्की, बल्खु, कोटेश्वर, बालाजुलगायतका क्षेत्रमा घर फर्कनेहरूको बिहानदेखि साँझसम्म ठूलो भीड देखिन्छ ।