सूचना-प्रविधि

ह्वाट्सएप बारे जान्नै पर्ने केही फिचर !

By खबरहब

October 08, 2024

काठमाडौं– ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज,कल गर्नका लागि छिटो र सहज मानिन्छ। नेपालमा पनि यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ।

यसले प्रयोगकर्ताका लागि केही खास फिचर दिएको छ । जसको सहयोगले च्याटिङ एक्सपिरियन्सलाई अझ गज्जब बनाउँछ ।

– प्रोफाइल फोटो अप्सनमा गएर नोबडी क्लिक गर्नुपर्छ । यस्तो गर्दा प्रोफाइल फोटो कन्ट्याक्टमा रहेका व्यक्तिले देख्न सक्दैनन् ।

– कन्ट्याक्ट इन्फोमा गएर मिडिया भिजिविलिटी अप्सन क्लिक गर्न सक्नुहुन्छ र तपाई केही विशेष च्याटलाई हाइड गर्न चाहनुहुन्छ भने नो लेखेको अप्सन क्लिक गर्न सक्नुहुन्छ ।

– यस फिचरको माध्यमबाट च्याटको नोटिफिकेशन म्युट गर्न सकिन्छ । यस्तो गर्दा च्याटको नोटिफिकेसन्सले तपाईँलाई डिस्टर्ब गर्दैन ।

– यसको सहयोगबाट च्याट गरिरहेको व्यक्तिले म्यासेज पढेको वा नपढेको थाहा पाउँदैन ।