आर्थिक

बाढीपहिरो पीडितलाई सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘सहायता सेवा’  

By खबरहब

October 08, 2024

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरो पीडितलाई ‘सहायता सेवा’ नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

यो कार्यक्रम अन्तर्गत बाढीपहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधि भित्र रहेका उपकरणहरूको निःशुल्क मर्मत सेवा प्रदान गरिनेछ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, गोदरेज, टिसीएल, बेको, सेन्सेइ, माईडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागु हुनेछ ।

यस अभियानमा १००५ निःशुल्क सेवा शुल्क र निःशुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ । साथै, ग्राहकले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो सेवा कार्तिक ९ गतेसम्म मान्य हुनेछ र यस अवधिभित्र आफ्नो समस्या दर्ता गराएका सबै ग्राहकहरूलाई यो सुविधा उपलब्ध हुनेछ ।