सांकेतिक तस्बिर

समाचार

डर त्रास देखाई रकम मागेको आरोपमा पत्रकार अश्विन दानी

By खबरहब

October 08, 2024

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ का अध्यक्ष अश्विन दानी पक्राउ परेका छन् । 

आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा गोरखा नगरपालिका ३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने दानीलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीका प्रेस सल्लाहकार समेत रहेका उनलाई प्रहरीले काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरेको थियो ।

उनीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए । 

उन्मुक्तिले गत असार पहिलो साता दानीको संयोजकत्वमा ३१ सदस्यीय पत्रकार समाजको तदर्थ कमिटी गठन गरेको थियो ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महाराजगञ्जमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरूको तदर्थ कमिटी गठन गरेको थियो ।