स्टोरी

काठमाडौंमा यसरी समापन गरियो छठ (तस्बिरहरू) 

By खबरहब

November 08, 2024

काठमाडौं– काठमाडौंको गुहयेश्वरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा समापन गरिएको छ ।

शुक्रबार बिहान व्रतालुहरूले पानीमा उभिएर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । मंगलबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय खाए’ गरिएको थियो ।

छठको दोस्रो दिन बुधबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए ।

त्यस्तै, छठको मूल दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।