खेलकुद

एफए कप : म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश

By खबरहब

January 09, 2024

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ ।

आज बिहान सकिएको खेलमा विगन एथलेटिकलाई २–० गोलले हराउँदै म्यानचेस्टर अर्को चरणमा प्रवेश गरेको हो ।

म्यानचेस्टरका लागि डियोगो डालोट र ब्रुनो फर्नान्डिसले एक–एक गोल गरेका थिए ।

डालोटले खेलको २२औँ मिनेटमा म्यानचेस्टरका लागि सुरुवाती गोल गरेका थिए । यस्तै खेलको ७४औँ मिनेटमा फर्नान्डिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।