अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणमा गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

By खबरहब

January 09, 2024

गाजा– गत अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या २३ हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा २३ हजार ८४ प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

मन्त्रालयले एक विज्ञप्तिमा विगत २४ घण्टामा २४९ जना मारिएको पनि जनाएको छ । यस्तै तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ ।