अन्तर्राष्ट्रिय

जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन

By खबरहब

January 09, 2024

काठमाडौँ– जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । बेकनबाउर पछिल्लो समय मुटुको समस्याबाट पीडित थिए ।

जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने सन् १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जिताएका थिए ।

उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले सन् १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो ।

उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो  ।

खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबार मात्र निधन भएको थियो ।