सांकेतिक तस्बिर

अपराध

छोराको हत्या आरोपमा बाबु पक्राउ

By खबरहब

January 09, 2024

इलाम– छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा माई नगरपालिका-६ बिहीबारे बस्ने ३६ वर्षीय दिल कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।