समाचार

स्वास्थ्य सेवा विभागद्वारा १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि

By खबरहब

January 09, 2024

काठमाडौं– स्वास्थ्य सेवा विभागले १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ ।  

पाचौँ तहका सहायक पदबाट छैटौँ तहको अधिकृतमा स्तरवृद्धि गरिएको हो । स्वास्थ्य सेवा विभागमा स्तर वृद्धिका लागि गत असार महिनासम्म दर्ता भएका र ऐनअनुसार योग्य ठहरिएका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ । 

स्तरवृद्धि हुनेमा अधिकांश हेल्थ असिस्टेन्ट रहेका छन् । सिनियर अहेब,  फार्मेसी सहायक, ल्याब असिस्टेन्ट लगायत पदमा कर्मचारीको पनि स्तर वृद्धि भएको छ । 

स्तरवृद्धिको निर्णयमा  त्रुटि पाइएमा त्रुटि सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने  विभागले जानकारी दिएको छ ।