समाचार

माइतीघरबाट डाक्टर गोविन्द केसी पक्राउ

By खबरहब

January 09, 2024

काठमाडौं– डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पनि केसीसहित उनका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । 

आज पुन: निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 

केसीले सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आएका छन् ।