श्रम/वैदेशिक रोजगार

कोरियाको ई-७ भिसामा कमिसन खाने बाटो बन्द !

By खबरहब

January 09, 2024

काठमाडौं– श्रममन्त्री शरतसिंह भण्डारीले कोरियामा काम गर्न जाने सीपयुक्त कामदारका लागि म्यानपावर कम्पनीसँग ई-७ भिसामा चलखेल गरेको चर्चा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसमा रोक लगाइदिएका छन् ।

कोरिया जाने अदक्ष कामदार इपीएस प्रणालीबाट जाने र दक्ष कामदार ई–७ भिसाबाट जानेगरी ल्याइएको नीतिलाई सच्याउन र सबैलाई ईपीएस प्रणालीबाटै जाने व्यवस्था मिलाउन प्रधानमन्त्रीले मंगलबार श्रममन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले विदेश जानुअघि अभिमूखिकरणसम्बन्धी तालिमको शुल्क ७ सय बाट बढाएर २८ सय बनाइएकोमा पनि श्रममन्त्री भण्डारीको आलोचना गरेका छन् ।

सो शुल्क तत्काल घटाएर ७ सय बनाउन र सकेसम्म निशुल्क गराउने योजना ल्याउन प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिएका छन् ।

यो पनि…

मलेसियाको तेस्रो पार्टी सम्झौता कार्यान्वयन नगर्न श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन