समाचार

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष

By खबरहब

January 09, 2024

काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ । 

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरूलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री  सुशीला सिर्पाली ठकुरीले उद्घाटन गरिन्। स्तनपान कक्षको शुभारम्भ भएसँगै स्तनपान गर्ने बालबालिकाहरूलाई लिएर पशुपति पुगेका आमाहरूलाई ठूलो मद्दत पुग्ने राज्यमन्त्री ठकुरीले बताए ।

पशुपतिनाथको दर्शन गर्न आउनेलाई भक्तजनको अनुरोधमा आवश्यक सेवा सुविधा थप गर्दै जाने कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिए ।