तस्विर : भीएन एक्सप्रेस

अन्तर्राष्ट्रिय

मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना

By खबरहब

January 09, 2024

हनोई– भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मङ्गलबार बिहान करिब ११ बजे सैन्य प्रशिक्षण  दुर्घटना भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विमान दुर्घटना हुनुअघि जहाजमा रहेका दुई पाइलटले प्यारासुटबाट हाम फालेका छन् ।

विमान बगैंचा नजिकैको खाली जमिनमा खसेको थियो । दुर्घटनास्थल नजिकैको बगैँचामा काम गर्दै आएका एक जना स्थानीय कामदार सो घटनामा घाइते भएका छन् ।

भीएन एक्सप्रेसका अनुसार दुर्घटनास्थलमा विमानको अगाडि र पछाडिका भागहरू एकअर्काबाट करिब २०० मिटर टाढा  उछिट्टिएको छ । उक्त सैन्य विमान वायु रक्षा ( वायु सेनाको डिभिजन ३७२ द्वारा सञ्चालित रहेको बताइएको छ । सो विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो।