फाइल फोटो

अपराध

काठमाडौंबाट ४ जना जुवाडे पक्राउ

By खबरहब

January 09, 2024

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल  चौलागाईंसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रुपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।