अपराध

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

By खबरहब

January 09, 2024

काठमाडौं–  पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका- ५ घर भई हाल काठमाडौंकाे तार्केश्वर बस्ने ३० वर्षीय पूजा श्रेष्ठ रहेकी छिन् ।

उनले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु त्यसको लागि ८ लाख ५० हजार रुपैयाँ लाग्छ र पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी २ लाख १५ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।