समाचार

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा

By खबरहब

January 09, 2024

काठमाडौँ– न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो ।

आयोगमा प्रधानन्यायाधीश श्रेष्ठ अध्यक्ष रहने व्यवस्था छ। सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दिनमणि पोखरेल रहेका छन् ।